६५ प्रतिशत मत खसेको आयोगको अनुमान
वि.सं.२०७९ वैशाख ३० शुक्रवार १८:३५
shares
काठमाडौं, ३० वैशाख । निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक अनुसार देशैभर ६५ प्रतिशत मत खसेको छ । शुक्रबार ७५३ स्थानीय तहमा भएको निर्वाचनमा आयोगले ६५ प्रतिशत मत खसेको हुन सक्ने बताएको छ ।
देशैभर खसेको मतको तथ्यांक संकलन गर्ने कार्य भइरहेकाले त्योभन्दा बढी पनि हुन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । ‘अहिलेसम्मको प्रारम्भिक अनुमान देशैभर ६५ प्रतिशत मत खास्यो कि भन्ने छ ।
कतै मतदान हुन बाँकी छ त्यो हुँदा बढ्न पनि सक्छ । दशैभर तथ्यांक लिनेक्रम जारी रहेको जानकारी दिएका छन् । सबै तथ्यांक आईसके पछि ६ बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने अर्यालले बताएका छन् ।