मतपेटिका बोकेको गाडी दुर्घटना
वि.सं.२०७९ वैशाख ३० शुक्रवार २१:१४
4.2K
shares
shares
काठमाडौं, ३० वैशाख । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । जिल्लाको रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको ना ७ ख ३५०४ नम्बरको गाडी दुर्घटनामा हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको प्रहरीले जनाएको छ । वडा नं. ३ साँघुटारको बाँकीमेरी भन्ने ठाउँमा गाडीको ब्रेक फेल भएर दर्घटना भउको प्रहरीले जनाएको छ ।