Dhulikhel Eco Banner new
NCHL Banner 2081

महासंघमा अध्यक्ष कटुवालको कार्यकाल सफल, कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति

4.39K
shares

काठमाडौं, २३ चैत । नेपाल राष्ट्रिय व्यवसायी महासंघको कार्यकाल पुरा गरेर अध्यक्ष कटुवाल बाहिरिएका छन् । महासंघको स्थापनादेखि हालसम्म उनले सबै उद्योगी व्यवसायीहरुलाई एकै छातामुनी राखेर अघि बढाउने प्रयत्न गरे ।

कोरोना महामारीमा होस् या अन्य सामान्य समयमा महासंघकै नेतृत्वमा सरकारलाई दवाव दिने काम भएको थियो । महासंघमा सफल कार्यकाल पुरा गरेर अध्यक्ष कटुवाल बिदा भएका छन् । मंगलबार काठमाडौंमा आयोजित दोस्रो महाधिवेशनले वरिष्ठ उपाध्यक्ष कुमार कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कटुवाल अब महासंघमा निवर्तमान अध्यक्षको रुपमा रहनेछन् ।

महासंघको मंगलबार साँझ सम्पन्न दोस्रो महाधिवेशनले कार्कीको संयोजकत्वमा ९० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा मनोजबाबु श्रेष्ठ र प्रथम उपाध्यक्षमा कमल अग्रवाललाई चयन गरिएको छ ।

यस्तै दुई महिलासहित १३ उपाध्यक्षमा क्रमशः गोविन्द कार्की, राजेन्द्रबाबु श्रेष्ठ, दीपकचन्द्र प्रधान, रामप्रसाद न्यौपाने, कुसुम महर्जन, मुमताज अन्सारी, धीरेन्द्र रिजाल, शेखरचन्द्र राई, सरोजकुमार श्रेष्ठ, गिरिराज पोखरेल, लक्ष्मी खड्का र रामप्रसाद अवाल चयन भएका छन् ।

यसैगरी महासचिवमा रत्नबहादुर घिमिरे, उपमहासचिवमा रामकुमार तिम्सिना, बदनकुमार भण्डारी र चेङा शेर्पा, कोषाध्यक्षमा गणेशकुमार न्यौपाने, सहकोषाध्यक्षमा राजेन्द्रकुमार प्रजापति, अञ्जु चाम्लिङ राई र गोरखबहादुर थापालाई चयन गरिएको छ ।

सात सचिवमा क्रमशः होमनाथ गिरी, टेकप्रसाद धिताल, नवराज भण्डारी, किशोरकुमार गौतम, तेजप्रसाद आचार्य, हिमलाल खरेल र नवीन लुइँटेल, सात सहसचिवमा क्रमशः मोहनकुमार माका, सूर्यबहादुर रायमाझी, शिवहरि प्याकुरेल, टेकबहादुर श्रेष्ठ, श्रीनारायणप्रसाद न्यौपाने, कृष्णप्रसाद दुवाल र डासुराम घिमिरेलाई चयन गरिएको छ ।

विसं २०७३ मा स्थापना भएको महासंघमा देशभरका २२ संघ आवद्ध छन् । हाल महासंघमा देशभरका १० हजारभन्दा बढी सदस्य आवद्ध रहेको नवनिर्वाचित अध्यक्ष कार्कीले जानकारी दिए ।