बुटवलमा कांग्रेस झन्डै दोब्बर मतले अगाडि, एमाले तेस्रो

वि.सं.२०७९ वैशाख ३१ शनिवार १२:२९
3.24K
shares
shares

काठमाडौं, ३१ वैशाख । बुटवल उपमहानगरपालिका ११ सय मत गन्दा कांग्रेसका मेयर उम्मेदवार झन्डै दोब्बर मतले अगाडि देखिएका छन्।
वडा नम्बर १ को ११ सय मत गन्दा कांग्रेसका खेलराज पाण्डेले ४९६ मत पाएका छन् भने दोस्रोमा रहेका राप्रपा उम्मेदवार मृगेन्द्रकुमार शेरचनले २६१ मत पाएका छन्।
अघिल्लो पटक मेयर जितेको एमाले अहिलेसम्म तेस्रो स्थानमा छ। एमाले उम्मेदवार बाबुराम भट्टराईले १९५ मत पाएका छन्।
मतगणना जारी छ।