Dhulikhel Eco Banner new

भद्रपुरमा ८७० मत गन्दा कांग्रेसले लियो अग्रता

3.98K
shares

काठमाडौं, ३१ वैशाख । झापाको भद्रपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन्।

८७० मत गन्दा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गणेश पोखरेलले ३३९ मत पाएका छन् भने एमालेका असारू राजवंशीले १९९ मत ल्याएका छन्।

राप्रपाका नवराज पनेरूले १७७ भोट पाएका छन्।

उपमेयरमा माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले ३३३ मत पाएका छन् भने एमालेकी कौशल्या अधिकारीले २०५ र राप्रपाकी राधा कार्कीले १८३ मत ल्याएकी छन्।

मतगणना जारी छ।