GBIME

जनकपुरधामः कांग्रेसका बागी उम्मेदवार दोब्बर मतले अगाडि

930
shares

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहले दोब्बर मतको अग्रता लिएका छन्।

वडा नम्बर १ को ७८० मत गनिसक्दा कांग्रेसबाट विद्रोह गरेका साहले २५९ मत ल्याउन सफल भएका छन्।

नगर प्रमुखमा घण्टाघर चुनाव चिह्न लिएर उठेका २५९ मत ल्याउँदा उनलाई पछ्याइरहेका एमालेका शिवशंकर सा ‘हिरा’ले १०५ मत ल्याएका छन्। यी दुईको मतान्तर १५४ मतको छ।

तर यहाँ निवर्तमान मेयर एवम् जनता समाजवादी पार्टीका नेता लालकिशोर साह पाँचौँ स्थानमा खुम्चिएका छन्।

नगर प्रमुखको मतपरिणाम
मनोज कुमार साह (स्वतन्त्र,घण्टाघर) – २५९

शिवशंकर साह ‘हीरा’ (नेकपा एमाले, सूर्य) – १०५
बलराम महतो (स्वतन्त्र,आँप) – ६१
जानकीराम साह (स्वतन्त्र,लालटिन) – ३२

उपप्रमुखको मतपरिणाम

किशोरी साह (नेपाली कांग्रेस) – ३००
रूणा झा (नेकपा एमाले) –१३५
निर्मल चौधरी (स्वतन्त्र,आँप) –५०

Dhulikhel Eco Resort 1200*100