GBIME

दाङ पुगेर उमेशलालको ऐक्यबद्धता, ‘आन्दोलन रहर होइन बाध्यता’

2.21K
shares

काठमाडौं, १३ पुस । पछिल्लो बैंकको ब्याजदरका कारण उद्योगी व्यवसायीहरु सडकमै उत्रिएका छन् । बुधबारमात्रै दाङका व्यवसायीहरुले घोराहीमा विरोध प्रदर्शन गरे । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व भने आन्दोलनका विषयमा मौन छ ।

महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले भने व्यवसायीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । उनले ब्याजदरका कारण व्यवसायी निकै अप्ठ्यारोमा परेको भन्दै तत्कालै समाधान गर्न सरोकारवालासँग अनुरोध गरेका छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले भने जिल्लानगरले गरेको आन्दोलनमा समर्थन र विरोध दुबै नहुने बताएका छन् ।

कतिपयले आन्दोलन रोक्नुपर्ने धारणा पनि राखेका छन् । पूर्व उपाध्यक्ष श्रेष्ठले भने आन्दोलन गर्नु व्यवसायीको बाध्यता भएको बताए । हामीलाई आन्दोलन रोक कसैले भन्न मिल्दैन, जिल्लानगरको आन्दोलनमा मेरो पूर्ण समर्थन छ दाङ पुगेर श्रेष्ठले भने, आन्दोलन हाम्रो अधिकार हो, व्यवसायीका समस्या समाधान नभएसम्म आन्दोलन गर्न पाउनुपर्छ ।

उनले ब्याजदरका विषयमा देखिएका समस्या तत्कालै समाधान गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग अनुरोध गरे । अहिले धेरैको ऋण तिर्न समेत नसक्ने अवस्था रहेकोले पुस मसन्तमा तिर्नुपर्ने ऋण रिसेड्युल गर्न माग गरे । पूर्व उपाध्यक्ष श्रेष्ठ निजी क्षेत्रको हकहितका लागि खरो रुपमा उत्रदै आएका छन् । महासंघको नेतृत्वले यसमा ध्यान नदिएको भन्दै उनले आक्रोस समेत व्यक्त गरेका छन् ।