GBIME

नयाँ मोबाइल ल्याउदा गरिने कडाइ हटाउन प्रधानमन्त्रीको निर्देशन

1.29K
shares

काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । हाल उक्त नियम कार्यनयन नगर्न प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिएका हुन् ।

आज अर्थात पुस १५ गतेदेखि एमडिएमएस सिस्टम कार्यान्यवन गर्ने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले तयारी गरेको थियो ।

तर, बिहिबार राति नै प्रधानमन्त्रीले प्राधिकरणलाई रोक्न निर्देशन दिएपछि एमडिएमएस लागु गर्न प्राधिकरण पछि हटेको हो ।

प्राधिकरण स्रोतका अनुसार एमडिएमएसमा पछिल्लो समय विवादित बनेको र थप छलफल गरेर मात्रै कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयबाट निर्देशन जारी भएको छ ।

त्रिभुवन विमानस्थलबाट विदेशमा बस्ने नेपालीले एउटा मोबाइल पनि ल्याउन नपाउने व्यवस्था गरेपछि सर्वत्र विरोध भएको थियो ।