Mangaldeep Aagarbatti
GBIME

भरतपुरमा रेणु पछि परिन

1.65K
shares

काठमाडौं, ३१ वैशाख । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार रेणु दाहाल पछि परेकि छिन् । उनी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा पछि परेकि हुन् ।

भरतपुरमा १५० मत गणना हुँदा सुवेदीले ६६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले ५१ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन् ।

नेपाली कांग्रेसले रेणुलाई समर्थन गरेपछि पौडेलले बागी उम्मेदवारी दिएका हुन् र उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिएका छन् । अधिकारीले ५७ मत पाएका छन् भने राप्रपाका हिमला गुरुङले ४५ मत पाएकी छन् ।

National life Banner