बाजुरामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, १२ राउन्ड हवाइ फायर

वि.सं.२०७९ वैशाख ३१ शनिवार १७:३६
shares

काठमाडौं, ३१ वैशाख । बाजुराको हिमाली गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । गाउँपालिकामा मतगणना सुरु गर्ने तयारी भईरहदा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।
मतपेटिकाको शिल सम्बन्धमा विवाद भएपछि झडप सुरु भएको हो । दुबैतर्फबाट ढुङगामुढा प्रहार भएको हो ।
झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले १२ राउन्ड हवाई फायर गरेको जिल्ला प्रशाशन सुुचना अधिकृत लोकेन्द्र बहादुर बिष्टले जानकारी दिए ।
यस्तै जगन्नाथ गाउँपालिकामा पनि झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ ।
कार्यकर्ताबीच भएको झडप नियन्त्रणमा नआए पछि फायर गरिएको बिष्टले बताएका छन् ।