‘सरकारले चोरी पैठारी गर्नेलाई प्रोत्साहन गर्यो’

1.48K
shares

काठमाडौं, १८ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । एमडिएमएस प्रणाली केही समय अघि मात्र व्यवसायीहरुको सहमतिमा लागु गरिएको थियो ।

नेपालमा अवैध बाटोबाट ल्याएका मोबाइलहरु नचल्ने सिस्टम पूर्ण रुपमा पुस १५ गतेबाट मात्र नचल्ने गरिएको निणर्यलाई सरकारले भंग गरिदिएको छ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सिस्टम लागु नगर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशन पछि अब यो सिस्टम तत्कालका लागि लागू नहुने भएको छ । प्रधानमन्त्री दाहालले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कंदा ल्याउन पाउने मोबाइलका सम्बन्धमा गरिएको यसअघिको सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

विदेशबाट ल्याइएको मोबाइल फोन दर्ताका लागि पछिल्ला दिनमा प्राधिकरणमा भीड नै लाग्ने गरेकोे थियो । अनलाइन तथा व्यक्ति स्वयम् उपस्थित भएर एमडिएमएस लागू गर्न सकिने व्यवस्था पछि दर्ता गर्नेको भीड लाग्ने गरेको प्राधिकरणले जनाएको थियो ।

तर व्यवसायीहरुका लागि भने यो निर्णय सकसपूर्ण रहेको मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादो बताउछन् । धेरै पहल पश्चात बल्ल कार्यान्वयनमा आउन लागेको एमडिएमएस प्रणालीलाई एकैचोटी व्यवसायीको सल्लाह बिना नै भंग गरेको गुनासो गरेका छन् । एमडिएस लागु हुदाँ विदेशमा भएका नेपालीहरुले ल्याउने मोबाइलमा भन्सार छुट नभएको भन्दै सामाजिक सञ्जालमा समेत भ्रम फैलाइएको उनको भनाइ छ ।

नेपालीहरुले ल्याउने मोबाइलमा छुट भएको तर प्रक्रिया भने केही लामो मात्र भएको उनले जानकारी दिए । ‘त्यसै त नेपाली बजारमा मोबाइलको व्यवसाय ठप्प भईरेहको अवस्था छ त्यसमा पनि अब यस्तो निर्णयले त व्यवसायीको मनोबल नै घट्छ,’ उनले भने । सन् २०२२ को अन्तिम महिना नोभेम्बर र डिसेम्बरमा मात्रै अबैध बाटोबाट ३ अर्ब बराबरको २० हजार थान आईफोन नेपाल भित्रिएको अध्यक्ष चुल्यादोले बताए ।

अहिले कही हदसम्म चोरी पैठारीको व्यवसाय कम होला की भनेको थियो तर अब झन फस्टाउने भयो उनको भनाइ छ । यसले व्यववसायमा थप चिन्ता बढीरहेको छ । अब त्यसमा भएका भ्रामक कुराहरुलाई चिर्दै सत्य कुरा शुझाएर यसको संशोधन गर्न पहल गर्ने पनि अध्यक्ष चुल्यादोले बताए । सरकाले यस्तो अवैधाकि बाटोबाट हुने कामलाई अझै हौसला प्रदान गरेको उनको भनाइ छ ।

यस्तै भक्तपुर मोबाइल व्यवसायी संघ कार्यसमितिका सदस्य रोशन श्रेष्ठले व्यवसायीहरु व्यवसायमा देखिएको यस्ता समस्याहरुले गर्दा व्यवसाय छोडेर विदेश पलायन भएको उनले बताएका छन् ।  ‘अहिले अब केही व्यवसाय हुन्छ की भन्ने आश लागेको थियो त्यही बेला सरकारले निणर्य परिवर्तन गरिदियो’ उनले भने, ‘अहिले व्यवसायमा एकदमै गाह्रो भएको छ । व्यवसाय ठप्प नै भएको छ भन्दा पनि हुन्छ । भाडामा लिएका पसलको भाडा तिर्न सकिरहेका छैनौ । यस्तो अवस्था केही आशा पलाएको थियो त्यो पनि भंग भयो ।’ धेरै व्यवसायीहरुले त व्यवसाय नै बन्द गरेको उनले बताए । अब केही हदसम्म कम भएको चोरी पैठारीको काम फेरि मौलाउने उनको दाबी छ ।

अहिले पनि चोरी पैठारी गरेर सामान ल्याउनेहरुलाई भने सहज भएको उनले बताएका छन् । वैधानिक बाटोबाट सामान ल्याउदा राज्यलाई तिर्नुपर्ने राजश्व पनि महंगो भएका कारण अरु भन्दा १५ प्रतिशत जति महंगो हुने भएकाले मानिसहरुले चोरी पैठारीबाट ल्याएको सामान किन्न रुचाउने गरेको उनको भनाइ छ ।

यसरी चोरी पैठारीबाट आउने सामानलाई हौसला दिने हो भने नेपालमा वैधानिक रुपबाट व्यवसाय चलाउने व्यवसायीले व्यवसाय नै नचलाउने उनको भनाइ छ ।


franklin 1200*150