GBIME

अपि पावरले ७ प्रतिशत लाभांश दिने, बोनसदर कति ?

1.29K
shares

काठमाडौं, २२ पुस । अपि पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट लाभांश वितरण गर्ने निणर्य गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९४७ नगद लाभांश गरि ७.८९४७ बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ३८४.४९ करोड रहेको छ ।