Mangaldeep Aagarbatti
GBIME

‘देशको अवस्थाले व्यवसायीहरु विदेश पलायन भइसके’

1.45K
shares

काठमाडौं, १८ पुस । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको तरलता अभाव केही हदसम्म समाधान भएको बताएको छ । तर व्यवसायीहरुले भने यसको महशुस गर्न सकेका छैनन् । अर्को तर्फ आकाशिएको बैंकको ब्याजदरका कारण पनि व्यवसायीहरु थप मर्कामा परेका छन् ।

सरकारले बनाएका नियम र व्यवसायी मैत्री कानुन नहुनाले समग्र देशको अर्थतन्त्रमा असर परेको व्यवसायीको गुनासो छ । अर्को तर्फ व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वले गरेका कामबारे पनि व्यवसायीहरु पछिल्लो समय असन्तुष्ट देखिएका छन् । समग्र व्यवसायी र महासंघको आगामी चुनावमा कस्तो नेतृत्व आउनु पर्छ भन्ने विषयमा झापाको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठसँग केटिएम भ्वाइसले गरेको कुराकानीको सम्पादित अंश :

अहिले उद्योग व्यवसायको अवस्था के छ ?

अहिले व्यवसायको अवस्था त एकदम नाजुक नै रहेको छ । व्यवसाय नै छैन भने पनि हुन्छ । अहिले व्यवसाय नै शुन्य नै रहेको छ । व्यवसायीहरु एकदम अप्ठ्यारो अवस्थामा रहेका छन् । बैंकको ब्याजदरले व्यवसायीहरुको घाँटी निचोरेको छ । व्यवसायीहरु मर्नु न बाच्नुको अवस्थामा पुगेका छन् ।

तरलता अभावका कारण बैंकबाट लोन पाउन सक्ने अवस्था छैन । सरकारले वा बैंकहरुले दिएको लोन पनि हामी साना व्यवसायीसामु नै आइपुग्दैन । व्यवसाय चलायमान छैन । सामान आयात गर्न वा अत्यावश्यक सामान खरिद गर्न पनि सक्ने अवस्था छैन ।

सरकारले ल्याएको नीति र बैंकले लगाएको कडा नियममका कारण व्यवसायीहरु धरासायी अवस्थामा रहेका छन् । धेरै व्यवसायहरु बन्द भएका कारण नेपालमै रोजगारीको अवसर पाईरहेका युवाहरु पनि बाध्यताले बाहिरिनु पर्ने अवस्था आएको छ । यो हाम्रो लागि एकदम दुःखद क्षण पनि हो । सक्षम हुदाहुदै पनि अवसर नपाउनु भनेको त हाम्रो देशको दयनीय भएको छ ।

अहिले भर्खरै नयाँ सरकारको गठन भएको छ, अब सरकारले के गर्यो भने व्यवसायीलाई अलि सहज हुन्छ ?

अहिलेको मुख्य समस्या भनेको नै बैंकहरुले बढाएको ब्याजदर नै हो । लिदा ७ प्रतिशत ब्याजदरमा लिएको लोन तिर्ने बेलामा १५ प्रतिशत पुगेको छ । यसले गर्दा व्यवसायीहरु एकदम ठुलो मर्कामा परेका छन् । अहिले व्यवसाय चलायमान छैन । अनि बैंकहरुको ब्याजदर दोब्बर हुदा कतिपय व्यवसायीहरुले सम्पूर्ण व्यवसाय नै बेचेर ब्याज तिर्नुपरेको छ ।

अहिलेको ब्याजदरलाई घटाएर तुरुन्त एकल नम्बर झार्नुपर्यो । अर्को समस्या भनेको व्यवसायीहरुले लोन पाउनै सकेका छैनन् । ऋण नै नपाएपछि व्यवसाय गर्न त असम्भव नै छ त्यसकारण व्यवसायीहरुले सहज रुपमा ऋण पाउने व्यवस्था गर्नुपर्यो । अनि व्यवसाय खोल्दा हुने झन्झटिलो प्रक्रियालाई परिमार्जन गर्नुपर्यो । अनि मात्र व्यवसाय गर्ने वातावरण बन्छ ।

नत्र त निजी व्यवसायले पूर्णता पाएन भने सम्पूर्ण अर्थतन्त्र जगत नै दयनीय बन्ने निश्चित रहेको छ । व्यवसायीलाई मानसिक तनाव पनि छ । अबको यो समयलाई सरकारले संकटकाल समय घोषणा गरेर ब्याजदर घटाएर ब्याज तिर्ने समय पनि थप गरिनुपर्छ ।

बैंकको ब्याजदर बाहेक अरु के-के समस्या छन् निजी क्षेत्रमा ?

अहिलेको अवस्थामा ब्याजदर बाहेक पनि थुप्रै समस्याहरु छन् । व्यवसाय चलायमान छैन । अत्यावश्यक सामानहरु मात्र खरिद भईरहेको छ । अन्य क्षेत्रका व्यवसायीहरुको व्यवपार शुन्य रहेको छ । पहिले लिएको ऋण पनि कसरी तिर्ने भन्ने समस्या रहेको छ ।

अनि उधारोमा दिएको ठाँउबाट उठ्न सकेको छैन । अब तरलताको अवस्था नाजुक बन्दै गएको छ । कतैबाट व्यवस्था गरौला भन्न सक्ने अवस्था रहेको छैन । यसकारण धेरै गाह्रो अवस्था छ ।

अब एफएनसीसीको चुनाव पनि आउदै छ अबको नेतृत्व कस्तो आउनुपर्छ ?

अहिले महासंघमा एउटा भ्रम छ महासंघ भनेको ठुला घरानाका व्यवसायीहरुको मात्र हो भन्ने मान्यतालाई तोड्न सक्ने आउँनुपर्यो । अब आउने नेतृत्वले साना व्यवसायीहरुलाई पनि समानताका साथ समावेश गराउन सक्नुपर्यो । महासंघ नै साना व्यवसायीका कारण भएको कुरा भुल्न भएन ।

अहिले नेतृत्वले साना व्यवसायीलाई समेटेका छैन । महासंघले गर्दा हामीमा यति परिवर्तन भयो भनने महशुस गर्न सकेको अवस्था छैन । जिल्ला नगरमा भएका व्यवसायीहरुलाई परेका पीर मर्काहरुलाई कसरी समाधान गर्ने भन्ने विषयमा महासंघको ध्यान नै नदिएको जस्तो देखिन्छ ।

ठूला व्यवसायी जोसंग सरकासँग परामर्श गर्ने क्षमता छ । जो वित्तीय क्षेत्रमा अब्बल छ त्यसलाई मात्र प्राथमिकतामा राखेको हुन्छ । अब आउने वरिष्ठ उपाध्यक्षको आकांक्षीमा चार जना देखिनुभएको छ उहाँहरुले यस्तो गलत प्रविधिलाई तोड्न सक्नुपर्छ । देशभरिका व्यवसायीहरुलाई उनीहरुको आवश्यकता अनुसार परामर्श र विभिन्न समाधानका उपायहरुको व्यवस्था गर्नुपर्छ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100