पेट्रोलको मूल्य प्रति लिटर १० रुपैयाँले बढ्यो

वि.सं.२०७९ वैशाख ३१ शनिवार २०:४८
3.8K
shares
shares

काठमाडौं, ३१ वैशाख । सरकरले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरि सरकारले पेट्रोल, मट्टितेल, डिजेलको मूल्य बढाएको हो ।
एकै चोटि प्रति लिटर १० रुपैयाँले मूल्य बढाएको हो । नेपाल आयल निगमका अनुसार अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढेकाले नेपालमा बढेको बताएको छ ।
एल्पी ग्यार र हवाईको इन्धनको मुल्य भने यथवत रहेको निगमले जनाएको छ ।