Mangaldeep Aagarbatti
GBIME

बैंकर्स संघको कार्यबाहक अध्यक्षमा केसी

1.53K
shares

काठमाडौं, २४ पुस । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघको कार्यबाहक अध्यक्षको जिम्बेवारी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले पाएका छन् । संघका अध्यक्ष रहेका अनिल उपाध्याय कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पुरा गरेर बाहिरिए पछि संघको अध्यक्ष पद रिक्त थियो ।

बैंकको सीईओ पद रहेसम्म मात्रै संघको कार्यसमितिमा बस्न पाउने व्यवस्था छ । कृषि विकास बैंकबाट उपाध्याय बाहिरिए पछि विधानत अध्यक्ष पद रिक्त भएको हो । अध्यक्ष पद रिक्त भएपछि संघको उपाध्यक्ष रहेका केसी स्वतः कार्यबाहक अध्यक्ष बनेका हुन् ।

National life Banner
Dhulikhel Eco Resort 1200*100