GBIME

चिरिबाबु दोब्बर मतले अगाडि

1.37K
shares

काठमाडौं, १ जेठ । ललितपुर महानगरपालिकामा जारी मत गणना अनुसार कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् । १४ सय मत गणना हुँदासम्म मेयरमा गबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अग्रता कायम राखेका हुन् । चिरिबाबुले ७ सय ६ मत ल्याएका छन् । नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकारले ३ सय ३६ मत ल्याएका छन् ।

ललितपुरको उपमेयरमा भने नेकपा एमाले अगाडि छ । एमालेका उम्मेदवारले ३ सय ७२ मत ल्याएका छन् । गठबन्धनका उम्मेदवारले २ सय ६७ मत प्राप्त गरेका छन् । महानगरको वडा नम्बर एकको मतगणना भइरहेको छ ।