GBIME

महुली लघुवित्तले २० प्रतिशत लाभांश दिने

990
shares

काठमाडौं, २६ पुस । महुली लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।