नौमुले अध्यक्षमा माओवादीका सुवेदी विजयी
वि.सं.२०७९ जेठ १ आइतवार ०७:४७
shares
काठमाडौंं, १ जेठ । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदीले विजयी हासिल गरेका छन् । माओवादी केन्द्रका उम्मेदवार सुवेदी नेपाली कांग्रेसका प्रदेश सभापति एवं निवर्तमान गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।
सुवेदीले ३ हजार २०० मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले २ हजार ५४४ मत प्राप्त गरे । नेकपा एमालेका शशिराम विकले १ हजार ९२० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार गगनबहादुर शाही विजयी भएका छन् । उनले २ हजार ८३४ मत प्राप्त गरेका छन् । कांग्रेसको तर्फबाट उपाध्यक्ष अमृता सिंहले २ हजार ४०५ मत प्राप्त गरेकी छन्, नेकपा एमालेका रिता चन्दले १ हजार ९१८ मत प्राप्त गरेकी छिन् ।
अघिल्लो पटक भएको स्थानिय चुनावमा जिल्लामा एउटा वडा समेत नजितेको माओवादीले यो पठक गठबन्द बनाउँदा फाइदा पुगेको देखिएको छ । दैलेखकै महावु गाउँपालिका वडा नम्बर ६ मा समेत माओवादी केन्द्रले वडा अध्यक्ष जितिसकेको छ ।