GBIME

स्वाबलम्बन लघुवित्तको लाभांश घोषणा

1.12K
shares

काठमाडौं, २८ पुस । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १५ प्रतिशत बोनस शेयर रहेको छ भने ६.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।

पुस २७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।