GBIME

साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांश दिने

846
shares

काठमाडौं, २८ पुस । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

पुस २८ गते बिहान बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांशसम्बन्धी प्रस्ताव गरेको हो ।