देशभरको परिणाम : एमाले ८, कांग्रेस ७ मा विजयी (सूची सहित)
वि.सं.२०७९ जेठ १ आइतवार १०:३८
shares
काठमाडौं, १ जेठ । स्थानीय तहको मत परिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो परिणाम अनुसार देश भरका २० वटा स्थानीय तहको मत परिणाम सार्वजनक हुँदा नेकपा एमालेले ८ वटा र नेपाली कांग्रेसले ७ वटा पालिकाका प्रमुखमा विजय हासिल गरेको हो ।
तीन पालिका प्रमुख जितेको माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । नेकपा एमाले बाट फुटेर बनेको एकीकृत समाजवादीले दुई पालिका प्रमुखमा विजय हासिल गरेको छ । उसले डोल्पाका दुई गाउँपालिका निर्विरोध रुपमा यस अघि नै जित हासिल गरेको थियो ।
नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह
१. से फोक्सुण्डो गाउँपालिका– डोल्पा
२. चामे गाउँपालिका– मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका– मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका– मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ
७ः खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु
८. साइपाल गाउँपालिका, बजाङ
नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
१. नार्पाभूमी– मनाङ
२. घरपोझोङ– मुस्ताङ
३. नासो गाउँपालिका– मनाङ
४ः गुल्मी दरबार गाउँपालिका– गुल्मी
५ः गन्यापधुरा गाउँपालिका– डडेल्धुरा
६ः मुसिकोट नगरपालिका– गुल्मी
७ः खार्पुनाथ गाउँपालिका– हुम्ला
माओवादी केन्द्रले जितेका स्थानीय तह
१. जगदुल्ला गाउँपालिका– डोल्पा
२ः नौमुले गाउँपालिका– दैलेख
३. ताराखोला गाउँपालिका, बाग्लुङ
नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१.काइके गाउँपालिका– डोल्पा
२. छार्का साङतोङ गाउँपालिका– डोल्पा