अजोड र युनाईटेड इन्स्योरेन्सलाई मर्जरमा जान प्राधिकरणको सहमति

300
shares

काठमाडौं, ३ माघ । अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सलाई मर्जरमा नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

प्राधिकरणको पुष २९ गतेको पत्रबाट यी दुई कम्पनीलाई एकआपसमा गाभ्न र गाभिन प्रक्रियामा जान सहमति प्रदान गरेको हो ।

यी दुवै कम्पनीबीच पुष २६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । स्वाप रेसियो भने डीडीएको आधारमा तय हुने दुवै कम्पनीको सहमति रहेको थियो ।

यसअघि अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सबीच मर्जरसम्बन्धि प्रारम्भिक सम्झौता भएको थियो । तर नाम र स्वाप रेसियोमा कुरा नमिलेको कारण प्रभु अजोडको मर्जर भाडिएको थियो ।


franklin 1200*150