Dhulikhel Eco Banner new
NCHL Banner 2081

नविल बैंकका अध्यक्ष पौड्याल ‘म्यान’ को अध्यक्षमा निर्वाचित

3.9K
shares

काठमाडौं । नेपाल व्यवस्थापन संघ ९म्यान० को नयाँ अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् । व्यक्तिगततर्फ सबैभन्दा बढी ३६४ मत ल्याएर पौड्याल अध्यक्षमा निर्वाचित भएका हुन् ।

शनिबार सम्पन्न निर्वाचनबाट व्यक्तिगत तर्फ कार्यसमिति सदस्यमा बिजयी हुनेहरुमा म्यानका सदस्य मोहन राज ओझा, मुक्तिनाथ विकास बैकका सीईओ प्रध्युमन पोखरेल, राष्ट्रिय बाणिज्य बैंकका तत्कालिन सीईओ कृष्ण पर्साद शर्मा, नबिल बैंककी स्वतन्त्र संचालक आशा राना अधिकारि, व्यवसायी अश्मी राना, मिलन गुरुङ, इन्द्र कुमार श्रेष्ठ, मनिष झा, अनु जोशी ९श्रेष्ठ०, हेम कुमारी अधिकारी रहेका छन् ।

कार्यसमितिमा व्क्तिगत सदस्यबाट ११ जना र संस्थागत सदस्यबाट ६ जना निर्वाचित हुने प्रावधान रहेको छ। उता संस्थापक तर्फबाट कार्यसमिति सदस्यमा बिजयी हुनेहरुमा  नबिल बैंकबाट मनोज ज्ञवाली, कर्मचारी संचय कोषबाट जितेन्द्र धिताल, शिवम सिमेंट्सबाट सुरेन्द्र कुमार गोयल, सनराइज बैंकबाट सीईओ सुमन शर्मा, राष्ट्रिय बाणिज्य बैंकबाट कविराज अधिकारी, नेपाल बैंक लिमिटेडबाट कृष्ण बहादुर अधिकारी निर्वाचित भएका छन्।