GBIME

रेमिट्यान्स कम्पनीका सीईओ श्रममन्त्री, पहिलो निर्णय ‘विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु’

2.66K
shares

काठमाडौं, ३ माघ । नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी रेमिट्यान्स कम्पनीका सीईओले पाएका छन् । रेमिट्यान्स कम्पनी इजीलिंक रेमिट्यान्सका सीईओ डालेप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति समेत रहेका अर्याल समानुपातिक तर्फबाट सांसद बनेका हुन् । सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेकाहरुलाई मन्त्री बनाउने बताएको रास्वपाले रेमिट्यान्स क्षेत्रमा रहेका व्यक्तिलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा पठाएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा पुगेका अर्यालले पहिलो निर्णय नै विदेश जाने अवस्था शून्यमा पुर्‍याउने गरेका छन् । मन्त्रीको पदवहाली पछि उनले देशमा नै रोजगारी सिर्जना गर्न लाग्नु पर्ने बताएका छन् । विदेश जाने क्रम रोक्नका लागि स्वदेशमा नै रोजगारी सिर्जनामा इमान्दारीताका साथ काम गर्ने जिम्मेवारी पाएको उनको भनाइ छ ।

स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको मन्त्री अर्यालले बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ थियो ।