नेपालगञ्जबाट काठमाडौका लागि उडेको विमान झापाको चन्द्रगढीमा अवतरण

4.27K
shares

काठमाडौं, ६ माघ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

आज बिहान ७ : ३० बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ः६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।

काठमाडौंमा मौसम खराब भएका कारण अवतरण गर्न समस्या भएर विमानलाई चन्द्रगढी फर्काइएको काठमाडौ विमानस्थलले जनाएको छ ।

मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ


franklin 1200*150