दुल्लूमा पहिलो पटक जित्यो माओवादीले अध्यक्ष

834
shares

काठमाडौं, १ जेठ । दैलेख जिल्लाको दुल्लू नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । सधै एमाले तथा कांग्रेस बीच प्रतिप्रधा हुने यो नगरपालिकामा पहिलो पटक माओवादीले वडा अध्यक्षमा जित हासिल गरेको हो ।

माओवादीले दुल्लूको वडा नम्बर २ मा जित हासिल गरेको हो । गठबन्धन गरेका कारण यो वडा माओवादीको भागमा परेको थियो । माओवादीका अध्यक्षका उम्मेदवार फारम सिंह थापा ५०४ मत सहित विजयी भएका हुन् । उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवार जितेन्द्र कुमार थापालाई पराजित गरेका हुने । थापले ४२२ मत प्राप्त गरेको निर्वाचन आयोगले देखाएको छ । त्यो वडामा खुल्ला वडा सदस्यमा माओवादीका भीम बहादुर खत्री र एमालेका राज बहादुर रावत विजयी भएका छन् ।

महिला वडा सदस्यमा माओवादीकी सरस्वती भण्डारी रावतले जित हासिल गरेकी छिन् । त्यस्तै दलित महिला सदस्यमा पनि माओवादीकी लक्ष्मी कामी निर्वाचित भएकी छिन् । यो नगरपालिकामा १३ वटा वडा रहेका छन् र अहिले सम्म तीन वडाको नजिता सार्वजनिक गरिएको छ । जसमा वडा नम्बर १ र १३ मा नेकपा एमाले विजयी भएको छ । वडा नम्बर एकमा तर्क बहादुर खड्का र वडा नम्बर १३ मा विर्ख बहादुर शाही विजयी भएका छन् ।

 

Kumari Banner