GBIME

साताको दुई दिन बिदाको कार्यान्वयन शेयर कारोबारमा पनि लागू हुने

1.27K
shares

काठमाडौं, १ जेठ । जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णयको कार्यान्वयन शेयर कारोबारमा पनि लागू भएकोे छ । अव मंगलवारबाट मात्र शेयर कारोबार खुला हुने भएको छ ।

जसअनुसार जेठ १ गते आइतावार शेयर कारोबार बन्द भएको छ । अबदेखि नियमित रुपमा सोमवारदेखि शुक्रवारसम्म शेयर बजार खुल्ने नेपाल स्टक एक्सचेञ्ज नेप्सेले जानकारी दिएको छ । तर यो सोमवार भने बुद्ध जयन्ती अवसरमा सार्वजनिक विदा परेकाले शेयर बजार मंगलवादेखि मात्रै खुल्नेछ । शेयर कारोबार मात्र नभई प्रशासनदेखि शैक्षिक संस्थासम्म अब सातामा पाँच दिन मात्रै खुला हुनेछन् । सोही आधारमा अव बैंक तथा वित्तीय संस्था र विद्यालयमा पनि बिदा थप भएको छ ।

 

 

Premier Steel Banner