GBIME

१ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

1.81K
shares

काठमाडौं, १ जेठ । आइतबार पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा बिहीबारको तुलनामा तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बिहीबारको तुलनामा आइतबार सुनको भाउ १ हजार ३०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि १ हजार ३०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको भाउ भने १० रुपैयाँले घटेको छ । आइतबार चाँदी तोलाको १ हजार २४० रुपैयाँमा कारोबार भएको छ ।

नेपाली बजारमा बिहिबार छापावाल सुन तोलाको ९७ हजार ८०० रुपैयाँ र तेजावी सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

 

Dhulikhel Eco Resort 1200*100