ओरालो लाग्यो शेयर बजार, आज करिब ४ अर्बको कारोबार

वि.सं.२०७९ माघ ९ सोमवार १५:१८
264
shares
shares

काठमाडौं, ९ माघ । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक १३ दशमलव ७१ अंकले घटेको छ । सोमबार नेप्से परिसुचक शुन्य दशमलव ६३ प्रतिशतले ओरालो लागेर २१६५ दशमलव १० को विन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव शुन्य ५ अंकले ओरालो लागेको छ । आज दिनभर भएका ६५ हजार १ सय ९४ कारोबारबाट २५७ कम्पनीका १ करोड ७ लाख ५९ हजार ५ सय ७९ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज दिनभर भएको सम्पूर्ण कारोबार रकम ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९ सय ७३ पुगेको छ ।