शुभम् पावरले माघ १८ गतेबाट आईपीओ जारी गर्ने

1.79K
shares

काठमाडौं, १० माघ । शुभम पावर लिमिटेडले कम्पनीले आगामी माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरिसकेकाले अव सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा आगामी माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ। आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयर प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।


franklin 1200*150