GBIME

क्यानडामा नेपाली सम्पदा महिना घोषणा गर्न माग

1.51K
shares

क्यानडा । फेडेरेसन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्स र कन्सर्न नेपाल क्यानाडाले क्यानाडामा बसोबास गर्ने नेपाली र नेपाली भाषीहरूको पहिचानका लागि क्यानाडाको संसदले नेपाली सम्पदा महिना (हेरिटेज मन्थ) घोषणा गर्नुपर्ने माग गरेका छन् ।

नेपाल र क्यानाडाको दौंत्य सम्वन्ध स्थापना भएको ५८ औं दिवसको उपलक्ष्यमा शनिवार ब्राम्टनमा आयोजना गरिएको कार्यक्रममा आयोजकहरूले यस्तो माग गरेका हुन् ।

यस बाहेक कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष बिजय पौडेलले नेपालमा क्यानाडाको राजदूताबास र भिसा अफिस खोल्नु पर्ने, नेपालमा बाणिज्य कार्यालय खोल्नु पर्ने, दोहोरो कर प्रणाली हटाउने सम्झौता (डिटिएए) गरिनुपर्ने, क्यानाडा र नेपालको मैत्रीय संसदीय समुहलाई सक्रिय पार्नुपर्ने लगायतका कुरामा पनि जोड दिएका थिए।

क्यानाडाका सांसद तथा क्यानाडाका लगि नेपालका राजदूत समेत सहभागी रहेको कार्यक्रमका वक्ताहरूले आगामी दिनमा नेपाल क्यानाडाबाट अनुदान लिने देश नभई दुई देसको सम्बन्ध व्यापार–व्यासाय विस्तारमा केन्द्रित गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत भृगु ढुङ्गानाले नेपाल र क्यानाडाकाबीचमा ठुलो ब्यापार घाटा रहेको बताउँदै त्यो घटाउन क्यानाडाका कम्पनीहरूलाई नेपालमा लगानी गर्न र ब्यापार विस्तार गर्न आग्रह गरे।

‘नेपालको विकासमा क्यानाडाको ठुलो सहयोग रहेको छ । अवका दिन नेपालसँगको व्यापार–व्यावसायमा केन्द्रित गरिनु पर्छ’, राजदूत ढुङ्गानाले भने ।

नेपालले बैदेसिक लगानीका लागि ढोका खोलेको उल्लेख गर्दै उनले क्यानाडाका व्यावसायिक संस्थाहरूलाई त्यसबाट फाइदा लिन पनि आग्रह गरे । उनले भने, ‘नेपालमा लगानीका लागि जल विद्युत र पर्यटन क्षेत्र अवसर हुन सक्छन् ।’

कार्यक्रममा ब्राम्पटन साउथकी संसद सदस्य सोनिया सिद्दुले नेपालमा गएको भुकम्प र कोरोना महामारीका समयमा क्यानाडाले उल्लेख्य सहयोग गरेको स्मरण गर्दै आफु चाँडै नेपाल भ्रमण गर्न इच्छुक रहेको बताइन् । यसैगरी, सांसद कायल सिब्याकले पछिल्ला दिनमा नेपालीको संख्या उल्लेख्य रुपमा बढेको उल्लेख गर्दै नागरिक–नागरिकबीचको सम्बन्धमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

अर्का सांसद डान मुइजले नेपाल भारत र चीनको बीचमा महत्वपुर्ण स्थानमा रहेको र उनीहरूले विश्वमा फैलाई रहेको प्रभावबाट नेपालले पनि फाइदा लिन सक्ने बताए ।

कार्यक्रममा कन्सर्न नेपाल क्यानाडाका संयोजक डक्टर तुल्सी धरेल, क्यानेडियन हिन्दु च्याबर अफ कमर्सका सभापति नरेस चाभ्डा, नबराज गुरुङले पनि बोलेका थिए ।