GBIME

जानकी फाइनान्सकाे नाफामा भारी गिरावट, इम्पेरमेन्ट चार्ज ९० प्रतिशतले बढ्यो

1.79K
shares

काठमाडौं, १० माघ । जानकी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दास्रो त्रैमासमा कम्पनीले गत वर्षकोे तुलनामा ५९ प्रतिशत कम खुद नाफा गरेको छ ।

गत वर्षको दोस्रो त्रैमाससम्म रू. ३ करोड ५५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ४५ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज ९० प्रतिशतले बढेकाले सञ्चालन नाफा करीब ५८ प्रतिशत कम भई खुद नाफा घट्न पुगेको हो ।

गत वर्ष रू. ४ करोड २७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ७९ लाखभन्दा बढी मात्र यस्तो नाफा गरेको छ । गत वर्ष रू. ३ करोड ३२ लाखभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष रू. ६ करोड ३१ लाखभन्दा बढी रहेको छ ।

१५ प्रतिशत बोनस शेयरमार्फत पूँजी बढाएर रू. ६९ करोड ४ लाख ७२ हजार पु¥याएको कम्पनीको रिटेन्ड अर्निङ रू. ४ करोड ९७ लाखभन्दा बढी रहेको छ । कम्पनीको जगेडा कोष रकम पनि रू. २० करोड ५१ लाखभन्दा बढी छ ।

यो ६ महिनाको अवधिमा रू. ३ अर्ब ३६ करोडभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. २ अर्ब ८३ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ५ दशमलव ३१ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष बढेर ११ दशमलव १८ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. ५ दशमलव शून्य ७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ९२ रहेको छ ।