GBIME

शेयर बजारमा सामान्य करेक्सन, कारोबार भने घट्यो

852
shares

काठमाडौं, १० माघ । साताको दोस्रो कारोबारको दिन नेप्से परिसुचक ८ दशमलव १५ अंकले वृद्धि भएको छ । हिजोे ओरालो लागेको शेयर बजार आज भने सामान्य करेक्सन भएको हो ।

नेप्से परिसुचक शुन्य दशमलव ३८ प्रतिशतले बढेर २१७३ दशमलव २५ को विन्दुमा पुगेको हो । नेप्से परिसुचसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५३ अंकले उकालो लागेको छ ।

आज भएका ५२ हजार ४ सय ६० कारोबारबाट २४८ कम्पनीका ८३ लाख १ सय ८७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ३ अर्ब ३२ लाख ३० हजार ३९ पुगेको हो आज कारोबार रकम भने हिजोको तुलनामा घटेको छ ।