GBIME

संघीय संसद अगाडि एक व्यक्तिले गरे आत्मदाहको प्रयास

1.98K
shares

काठमाडौं, १० माघ । संघीय संसद भवन अगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर अस्पतालमा भर्ना गरेको छ । उनले किन आत्महत्या गर्न खोजे भन्ने कुरा पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।