Mangaldeep Aagarbatti
GBIME

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत

918
shares

काठमाडौं, १० माघ । सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ४ करोड ४५ लाख ५५ हजार ७२१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच एक आपसमा मर्जर गर्दा १ बराबर ०.८२४५ को अनुपातमा कायम हुने आएको सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मर्जर पश्चात पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको शेयरलाई ३७१ रुपैयाँ ७९ पैसा ओपनिङ्ग रेन्ज तोकि दिएको छ । त्यस अनुसार बुधबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले एसजेएलआईसी कारोबार संकेत दिएको छ । उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100