Mangaldeep Aagarbatti
GBIME

महासंघ र नेडफीबीच कनेक्टीभीटी र क्षेत्रीय मूल्य श्रृंखलाको विकासबारे छलफल

1.23K
shares

काठमाडौं, १८ माघ । भारतको उत्तरपूर्वी क्षेत्र र नेपाल बीचको कनेक्टीभीटी परियोजनाहरूको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी० र महासंघ बीच मंगलवार सांझ महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।

भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छा, महानिर्देशक गोकर्णराज अवस्थी र जेएनयूका वरिष्ठ प्राध्यापक एवं नेपाल सम्बन्धी जानकार महेन्द्र पी. लामाको नेतृत्वमा नेपाल भ्रमणमा आएको निगमको तीन सदस्यीय टोली सहभागी थियो ।

बैठकमा दुुई देश बीचको व्यापार तथा लगानीको पछिल्लो अवस्थाका साथै हालको व्यापार तथा लगानीको अवस्थामा सुधारका विषयमा छलफल भएको थियो । नेपाल, भारतको उत्तरपूर्वी क्षेत्र र अन्य दक्षिण एसियाली देशहरू बीच क्षेत्रीय मूल्य श्रृंखलाको विकासका सम्भावनाहरूबारे पनि सो अवसरमा छलफल भएको थियो ।

छलफलमा दुुई देशले प्रयोग गर्दै आएका व्यापारिक नाकाहरूमा रहेका अवरोध, आयात निर्यातलाई थप सहजीकरण गर्न गर्नुपर्ने पहल, लगानी विस्तार तथा निर्यातमा रहेका समस्यामाथि सुुझाव दिन भारतीय टोलीले आग्रह गरेको थियो । आयात÷निर्यात सम्बन्धी नीतिगत समस्या, पूर्वाधार, सिमा सुरक्षा, प्राविधिक तालमेल आदिका विषयमा पनि सो अवसरमा छलफल भएको थियो ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले नेपाल भारत बीच विशिष्टिकृत सम्बन्ध रहेको र आर्थिक विकासको प्रयासमा पनि नेपालले सधै भारतीय सहयोगको अपेक्षा गरेको बताए ।
दुुई देश बीचको व्यापारिक नाकाहरुको अवस्था अत्यन्त कमजोर रहेको, चिया, अलैची, अदुवा लगायतका नेपाली कृषि उत्पादनहरु भारतीय व्राण्डको नाउमा विश्व बजारमा जाने गरेकाले यसमा भारतीय पक्षबाट उदारतापूर्वक सहयोग हुनुुपर्ने सुुझाव राखे ।

कृषि उत्पादनको परिक्षणका नाउंमा गैह्र भंसार अवरोध श्रृजना गरिदा नेपाली निर्यातकर्ताहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको पनि उनले बताए । अहिले भारतले गहुं निर्यातमा प्रतिवन्ध लगाउंदा नेपाली उद्योगहरु समस्या परेको पनि जानकारी गराए ।

्नाकाहरु अत्यन्त कमजोर रहंदा नेपालको पारवहन÷ढुवानी खर्च अत्यन्त महंगो हुन जांदा भारत सहित तेस्रो मुलुुकका वजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिनाई भएको अध्यक्ष गोल्छाले स्पष्ट पारे ।

नेपाली उत्पादनहरु भारतीय वजारका साथै बंगलादेश लगायत तेस्रो मुलुकमा सहज निकासीमा भारतीय पक्षबाट सहयोग हुनुुपर्ने, निर्यात नाकाहरुको विस्तार तथा स्तरीकरणमा सहयोग हुन सो अवसरमा आग्रह गरेका छन् ।

अध्यक्ष गोल्छाले यसअघि जस्तो सुकै अवस्थामा आपसी व्यापार भएपनि अवको समयमा क्षेत्रीय सन्निकटता (कनेक्टिभीटी) लाई विस्तार गर्दै आर्थिक गतिविधि, लगानी प्रवद्र्धन स्मार्ट तरिकाले गर्नुपर्ने सुुझाव दिए ।

National life Banner
Dhulikhel Eco Resort 1200*100