हावाहुरीले रूख ढल्दा एक जनाको मृत्यु
वि.सं.२०७९ जेठ १ आइतवार १७:१२
5.28K
shares
shares

काठमाडौं, १ जेठ । हावाहुरीले रूख ढलाउँदा सुर्खेतमा एक जनाको ज्यान गएको छ।
प्रहरीका अनुसार विरेन्द्रनगर नगरपालिका २ रानीघाटका लालबहादुर पुलामीको हावाहुरीले किचेर मृत्यु भएको हो। दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले सिमलको रूख ढलाउँदा सोही रूखले किचेर पुलामीको मृत्यु भएको प्रहरीले जनाएको छ।




















