Mangaldeep Aagarbatti
GBIME

शेयर बजारमा भारी गिरावट, परिसुचक २०९४ को विन्दुमा

978
shares

काठमाडौं, १९ माघ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसुचक २२ दशमलव १२ अंकले ओरालो लागेको छ ।

हिजो ४ अंकले सुधार भएको शेयर बजार आज भने भारी अंकले ओरालो लागेको हा्े । बिहिबार नेप्से परिसुचक १ दशमलव ६४ प्रतिशतले ओरालो लागेर २०९४ दशमलव ५४ को विन्दुमा आईपुगेको हो । यो महिनाको सुरुसम्म २२ सयभन्दा माथि रहेको परिसुचक आज भने २ हजारको विन्दुमा झरेको छ ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ७४ अंकले ओरालो लागेको छ । आज दिनभर भएका ३९ हजार ६ सय ४२ कारोबारबराटछ २५७ कम्पनीका ५८ लाख ९८ हजार ९सय ३ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम २ अर्ब ९ करोड ६४ लाख १९ हजार १ सय ६१ पुगेको छ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100