GBIME

फेरि थएि कोरोना संक्रमित

1.87K
shares

काठमाडौं, १ जेठ । नेपालमा विगत २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या १४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार २ हजार ९२ पीसीआर परीक्षणमा ७ जना र ९६ एन्टिजेन परीक्षणमा शून्य गरी कुल ७ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । आइतबार १५ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ९०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

Dhulikhel Eco Resort 1200*100