Mangaldeep Aagarbatti
GBIME

गोदावरीमा बडैला विजयी

1.18K
shares

काठमाडौं, १ जेठ । कैलालीको गोदावरी नगरपालिका–११ मा नेपाली कांग्रेसले टिकट नदिएको भन्दै वडाध्यक्षमा बागी उम्मेदवारी दिएका प्रेमसिंह बडैला भारी मतले विजयी भएका छन् ।

बडैला एक हजार ७० मतका साथ नेकपा एकीकृत समाजवादीका शिव विकलाई पराजीत गर्दै विजयी भएका हुन् ।

उनका प्रतिद्धन्द्धी बिकले पाँच सय ६९ मत पाए भने नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार भीम बिकले चार सय चार मत प्राप्त गरेका छन् ।
कांग्रेसले वडाध्यक्षको टिकट नदिने भएपछि उनले पार्टीबाट राजीनामा दिएका थिए ।

National life Banner