GBIME

समता लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

828
shares

काठमाडौं, २२ माघ । समता घरेलु लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर ३ प्रतिशत र नगद लाभांश गरि कुल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड २७ लाख रहेको छ ।

साविक समता लघुवित्त र घरेलु लघुवित्त मर्ज भई एकिकृत कारोबार गरेकोले कर छुट हुने हुँदा कर प्रयोजनको लागि नगद लाभांश नछुट्याईएको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।