GBIME

आशा लघुवित्तले २१ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

1.12K
shares

काठमाडौं, २४ माघ । आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८÷ ०७९ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।