Mangaldeep Aagarbatti
GBIME

सुपरमाई हाइड्रोपावरको आईपीओमा १९ गुणा बढी आवेदन

1.39K
shares

काठमाडौं, २४ माघ । सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ अर्थात हिजोबाट निष्काशन गरेको आईपीओमा मागभन्दा १९ दशमलव ६७ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार ५ बजेसम्ममा ७ लाख २३ हजार ९२६ जना आवेदनबाट ८१ करोड ६३ लाख ८३ हजार रुपैयाँ बराबरको ८१ लाख ६३ हजार ८३० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख १५ हजार कित्तामा ७ लाख भन्दा बढीको आवेदन परेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले माघ २६ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

National life Banner
Dhulikhel Eco Resort 1200*100