GBIME

भारतका प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै

1.28K
shares

काठमाडौं, २ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान लुम्बिनी भ्रमणमा आउँदै छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीको औपचारिक भ्रमणमा आउन लागेका हुन् । मोदी लुम्बिनीमा हुने बुद्ध जयन्ती बिशेष समारोहमा भाग लिनेछन्। सरकारी अधिकारीहरुका अनुशार मोदी बिहान १० : ३० देखि ११ बजे भित्र लुम्बिनी उत्रिनेछन्। उत्तर प्रदेशको कुशिनगर बिमानस्थलसम्म जहाजमा र त्यहाँबाट लुम्बिनीसम्म हेलिकोप्टरमा आउनेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार लुम्बिनी आए लगत्तै मोदी ११ बजेदेखि मायादेवी मन्दिरमा बिशेष पूजाआजामा सहभागी हुनेछन्। त्यसपछि उनी बौद्ध सांस्कृतिक केन्द्रको शिलान्यास कार्यक्रममा भाग लिनेछन्। दिउँसो २ बजे भारतीय प्रधानमन्त्री मोदी र समकक्षी देउवाले अन्तर्राष्ट्रिय बुद्ध ध्यान केन्द्र तथा सभाहलमा आयोजित विशेष समारोहलाई संयुक्त रुपमा सम्बोधन गर्नेछन्। त्यसलगत्तै पररास्ट्रमन्त्री नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीलाई शिष्टाचार भेट गर्नेछन्।

त्यसपछि प्रधानमन्त्री देउवा र मोदीबीच लुम्बिनीको होटर पवन प्यालेसमा द्विपक्षीय भेटवार्ता हुनेछ। त्यसपछी दुई प्रधानमन्त्रीको उपस्थितीमा लुम्बिनी बौद्ध विश्वबिद्यालयमा इन्डिया चेयर स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछन्। प्रधानमन्त्री देउवाले मोदीलाई दिवाभोज दिनेछन्। लुम्बिनी भ्रमण सकेर प्रधानमन्त्री मोदी अपरान्ह ५ : ३० बजे नयाँदिल्ली फर्किनेछन्।

Premier Steel Banner