Dhulikhel Eco Banner new

बडीमालिका २ र ३ मा एमाले विजयी

4.85K
shares

काठमाडौं, २ जेठ । बडीमालिका नगरपालिका वडा नम्बर २ र ३ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडी बाजुराका अनुसार उक्त बडीमालिका–२ मा एमालेका उम्मेदवार डम्बरबहादुर महतले ३१९ मत प्राप्त गरी विजयी भएका छन्।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालबहादुर कार्कीले ३१५ मत ल्याएर पराजित भएका छन् । कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा पनि चार मतले महतसँग पराजित भएका छन् ।

यस्तै बडीमालिक –३ मा पनि एमालेका अध्यक्षका उम्मेदवारसहितको सिङ्गो प्यानल निर्वाचित भएको छ । अध्यक्ष पदका उम्मेदवार डवलबहादुर रोकायाले ४०० मत ल्याएर निर्वाचित भएका छन् ।

उनका प्रतिद्वन्द्वी कांग्रेसका अध्यक्षका उम्मेदवार दलबहादुर रावलले १६१ मत ल्याएर पराजित भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।