Nepal Life Banner

९ महीनामा १५ अर्बको मकै आयात

2.52K
shares

काठमाडौं, २ जेठ । चालू आर्थिक वर्षको पहिलो ९ महीनामा नेपालमा करीब १५ अर्ब रुपैयाँ बराबरको मकै आयात भएको छ ।

यसमा भारतबाट आयात हुने मकैको हिस्सा करीब ९१ प्रतिशत छ भने बाँकी मकै अर्जेन्टिना लगायत देशबाट भएको छ । यही अवस्था कायम रहे चालू आर्थिक वर्षमा २० अर्ब रुपैयाँ बराबरको मकै आयात हुने देखिन्छ ।

१० वर्षअघि २६ करोड रुपैयाँ बराबरको मकै आयात भएकोमा गतवर्ष मात्र १६ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । युद्ध, महामारी लगायतका कारण चुडिँदो विश्व आपूर्ति श्रृंखलाका कारण खाद्य सुरक्षा अनिश्चित बन्दै गएको छ ।
साथै संकटका बेला खाद्यान्न निर्यातमा रोक लगाउने ठूला उत्पादक मुलुकका नीतिका कारण यही प्रवृत्ति कायम रहेमा नेपालमा विशेषगरी कुखुरापालन एवं पशुपालन क्षेत्र गम्भीर रूपमा प्रभावित हुने देखिन्छ । यस पक्षलाई दृष्टिगत गर्दै नेपालले मकै उत्पादनमा आत्मनिर्भर हुने नीति लिनु आवश्यक छ ।