Dhulikhel Eco Banner new
NCHL Banner 2081

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेस विजयी

3.11K
shares

काठमाडौं, २ जेठ । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका टेकबहादुर साउँद विजयी भएका छन् ।

एमालेका लोकबहादुर साउँदलाई ४ सय ९८ मतले पराजित गर्दै टेकबहादुर निर्वाचित भएका हुन् ।

टेकबहादुरले ३ हजार १ सय १२ मत पाएका छन्। एमालेका लोकबहादुरले २ हजार ६ सय १४ मत पाएर पराजित भए ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी बिन्दु रावल निर्वाचित भएकी छिन् । उनले २ हजार ७ सय ३१ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार निर्मला साउँदले २ हजार ७ सय १७ मत पाइन् ।