दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

वि.सं.२०७९ जेठ २ सोमवार १३:२१
3.28K
shares
shares

काठमाडौं, २ जेठ । दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
सोमबार बिहान ९ः३० बजे शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीमा जीप दुर्घटनामा परेको हो। जीप सडकबाट पाँच सय मिटर तल खसेको स्रोतले जनाएको छ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।