GBIME

शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता

1.22K
shares

काठमाडौं,२ जेठ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एकीकृत समाजवादी का लक्ष्मीप्रसाद एलपी श्रेष्ठले अग्रता कायम गर्नुभएको छ । श्रेष्ठले दुई हजार ३१७ मत पाएको नगर निर्वाचन कार्यालय जनाएको छ । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णलाल बजगाइँले दुई हजार २७७ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का रमेश नापितले दुई हजार २४८ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका मधुनीरज केसीले एक हजार ८५६ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी जसपा का भुवन वाइवाले ५८ मत पाएकोे छन्।

नगर उपप्रमुखमा नेपाली कांग्रसका समिता श्रेष्ठको अग्रता छ । उनले तीन हजार ४९४ मत पाएका छन् । उपप्रमुखमा नेकपा मोवादी केन्द्रका चण्डिका दङ्गालले एक हजार ७९२ मत पाएका छन् । राप्रपाका विजयकुमारी वाइवाले एक हजार ७३२ मतका साथ प्रतिस्पर्धामा छन्। एमालेका लक्ष्मी केसीले एक हजार ७२६ मतका साथ पछ्याएका छन् । नगरपालिकामा हालसम्म नौ हजार ६७३ मतगणना भएको नगर निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिए।

Dhulikhel Eco Resort 1200*100