पतालाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

वि.सं.२०७९ जेठ २ सोमवार १७:००
750
shares
shares

काठमाडौं, २ जेठ । कालीकोटको पलाता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।
अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २२९२ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशरसिंह बमले १४१३ मत पाए ।
यस्तै उपाध्यक्षमा पनि मावादी केन्द्रकी अलैपूरा जैशी विजयी भएकी छन् । उनले १७४३ मत पाइन् । उनका प्रतिस्पर्धी एमालेकी जलशाकुमारी बुढाले १५२३ मत पाइन् ।यो गाउँपालिकामा अघिल्लो पटक पनि माओवादीले नै जितेको थियो ।